‘सारेगमप लिटिल च्याम्पस सिजन २’ को प्रसारण हुने
काठमाडौँ । नोबडी प्रोडक्सनले ‘सारेगमप लिटिल च्याम्पस सिजन २’ रियालिटी शोको घोषणा गरेको छ । एक महिना अगाडिदेखी डिजिटल अडिसन लिन सुरु गरिएको यस रियालिटी शोका लागि अहिलेसम्म १२ हजार जनाले अडिसन भिडिओ पठाइसकेका छन् ।
स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुने ‘सारेगमप लिटिल च्याम्पस सिजन २’ को निर्णायकहरुमा गायक दीप श्रेष्ठ, स्वप्न सुमन र सुवानी मोक्तान छनौट भएका छन् । भारतमा झण्डै २५ वर्षदेखि प्रसारण हुँदै आएको यो रियालिटी शोको पहिलो सिजनले नेपालमा लोकप्रियता हासिल गरेको थियो । सिजन २ को एक्सक्लुसिभ कमर्सियल पार्टनरका रूपमा फर्मुला प्लस रहेको छ भने डिजिटल मिडिया पार्टनरका रूपमा राष्ट्रिय सञ्चार रहेको छ । नोबडी प्रोडक्सन र स्पेस फोर के टेलिभिजनका प्रतिनिधिबिच आइतबार प्रसारण सम्झौता समेत भएको छ ।
नोबडी प्रोडक्सनले एकैसाथ सारेगमप लिटिल च्याम्पस सिजन २, अन्ताक्षरी र ब्रिलियन्ट ब्रेन्सलगायत तीनवटा रियालिटी शोको घोषणा गरेको छ । ब्रिलियन्ट ब्रेन्सलाई विपिन कुमार आचार्यले होस्ट गर्ने छन् । नोबडी प्रोडक्सनले नेपाली दर्शकलाई रियालिटी शो, नन् फिक्सन सिरिज लगायत विविध क्षेत्रमा उच्चतम कन्टेन्ट दिँदै आएको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण