बाबुको बाटो पछ्याउँदै मेस्सीका छोरा थियागो, गरे उत्कृष्ट गोल
सोमबार, २४ भदौ २०८१, १३ : ४३
मियामी । लियोनेल मेस्सीका छोरा थियागोले उत्कृष्ट लामो दुरीको गोल गर्दा इन्टर मियामीको यू–१३ टोलीले नयाँ सिजनको पहिलो खेलमा १०–१ को शानदार जित हासिल गरेको छ । आफ्नो बुवाजस्तै १० नम्बरको जर्सी लगाएर मैदानमा उत्रिएका थियागोले टोलीको जितमा गोल गर्दै योगदान दिए । उनले इन्टर मियामीको युवा टोलीसँग यसअघि उपाधि पनि जितिसकेका छन् ।
उनी बिस्तारै व्यावसायिक फुटबलतर्फ अग्रसर बनिरहेका छन् । यद्यपि, आफ्नो बुवाजस्तै बन्नका लागि पनि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ । २०२४ को कोपा अमेरिका फाइनलमा खुट्टामा लागेको चोटबाट मुक्त हुन प्रयासरत मेस्सी सो खेलमा उपस्थित थिएनन् ।
उनी सेप्टेम्बर १४ मा एमएलएस अन्तरगत फिलाडेल्फियाविरुद्धको खेलमा मैदानमा फर्किने अपेक्षा गरिएको छ । उनको स्थानमा आमा एन्टोनेला रोकुज्जो मैदानमा पुगेर छोराको हौसला बढाएकी थिइन् । –गोल डटकम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण