प्रदेश
लुम्बिनी प्रदेशका विवादित मन्त्री कुर्मीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा
बुधबार, २६ भदौ २०८१, १४ : २४

बुटवल । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले बुधबार राजीनामा बुझाएका छन् । उनले मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए ।
बाँके क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा (ख) बाट विजयी कुर्मी साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए । उनी मन्त्रीमा नियुक्त भएदेखि नै मानव अधिकारकर्मीले विरोध जनाउँदै आएका थिए ।
नेपालगन्ज उपमहानगरपालिका– १७, परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोप उनीमाथि लाग्दै आएको छ । महिला अधिकारकर्मी रुवि खान लगायतले सो हत्या प्रकरणमा कारबाहीको माग गर्दै राजधानी केन्द्रित विरोध प्रदर्शन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व पौडेलविरूद्धको रिट दरपीठ, इजलासमा जाने अधिवक्ताको तयारी
-
बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु
-
१० महिनामा वैदेशिक रोजगारसम्बन्धी ४ हजारभन्दा बढी उजुरी
-
१० महिनामा ६ लाख ८५ हजार नेपालीले लिए श्रम स्वीकृति
-
रवि र छविको मुद्दा हेर्दाहेर्दैमा, आइतबार अर्को पेसी
-
गैर कानुनी रूपमा वैदेशिक रोजगारीमा नपठाउन विभागको आग्रह