वैवाहिक सम्बन्ध बाहिर बच्चा भएको डेभ ग्रोलको स्वीकारोक्ति
लस एन्जलस । वैवाहिक सम्बन्ध बाहिर पनि आफ्नो एक छोरी रहेको अमेरिकी रक ब्यान्ड फू फाइटरका गायक डेभ ग्रोलले स्वीकार गरेका छन् । इन्ष्टाग्राम एकाउन्टमा मंगलबार एउटा पोष्ट गर्दै ५५ वर्षिय ग्रोलले यस्तो घोषणा गरेका हुन् । पोस्टमा उनले कमेन्ट भने गर्न नमिल्ने बनाएका छन् ।
भर्खरै जन्मिएकी छोरीका लागि आफू धेरै माया गर्ने अनि हरेक कुरामा सपोर्ट गर्ने पिता बन्ने ग्रोलले लेखेका छन् । पत्नी जर्डेन ब्लुमसँग ग्रोलका तीन छोरी छन् । ग्रोल र ब्लुमले सन् २००३ मा बिहे गरेका थिए । आफूले आफ्नो परिवारलाई निकै धेरै माया गर्ने र उनीहरूको विश्वास जित्न र माफी पाउन हरेक कुरा गरिरहेको पनि पोस्टमा उनले लेखेका छन् ।
नयाँ सन्तानकी आमा को हुन् भनेर ग्रोलले पोस्टमा केही पनि बताएका छैनन् । ग्रोलकी श्रीमती ब्लुम टिभी प्रड्युशर र मोडल हुन् । यो जोडीको १८, १५ र १० वर्षका तीन छोरी छन् । ब्लुमभन्दा अघि ग्रोलले फोटोग्राफर जेनिफर लेइ योङब्लडसँग बिहे गरेका थिए । सन् १९९४ देखि सन् १९९७ बिच चलेको उक्त वैवाहिक सम्बन्धमा आफू बफादार नरहेको ग्रोलले स्वीकार गरेलगत्तै दुईको सम्बन्ध विच्छेद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
-
संविधान संशोधन बहस कार्यदलले पूर्वप्रधानमन्त्री भट्टराईसँग गर्यो छलफल
-
सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण