एभरेष्ट महिला भलिबल लिग : चितवन शक्तिले अनुश्रीका रूपमा भित्रायो तेस्रो विदेशी खेलाडी
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोलीमध्येको एक चितवन शक्तिले आफ्नो तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । चितवन शक्तिले भारतीय खेलाडी केपी अनुश्रीलाई टोलीमा अनुबन्ध गरेको हो ।
अनुश्री भारतकी प्रतिभाशाली युवा खेलाडी हुन् । उनलाई एभरेष्ट महिला भलिबल लिगका लागि चितवन शक्तिले आउटसाइड हिटरको रूपमा टोलीमा समावेश गरेको हो । उनले यसअघि पनि नेपालमा व्यावसायिक भलिबल खेलिसकेकी छन् ।
चितवन शक्तिले आगामी एभरेष्ट लिगमा अनुश्रीबाट उत्कृष्ट प्रदर्शनको आशा गरिएको बताएको छ । चितवनले अनुश्रीको आगमनले टोलीको मनोबल थप उच्च बनेको पनि उल्लेख गरेको छ ।
चितवनले आफ्नो टोलीमा आबद्ध गरेको अनुश्री तेस्रो विदेशी खेलाडी हुन् । चितवनले यसअघि भारतीय खेलाडी सूर्यालाई क्लबमा अनुबन्ध गरेको थियो । उनी भारतीय राष्ट्रिय टोलीकी मिडल ब्लकर हुन् । उनले पनि यसअघि नेपालमा व्यावसायिक भलिबल खेलिसकेकी छन् ।
त्यसअघि चितवन शक्तिले पहिलो विदेशी खेलाडीका रूपमा अजरबैजानकी केन्सिया पावेल्निकोलाई क्लबमा आबद्ध गरेको थियो । चितवन शक्तिमा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही मार्की खेलाडीको रूपमा रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण