नेप्सेको ओरालो गति रोकिएन, आज २२.७३ अंकले घट्यो
काठमाडौँ । पछिल्ला केही दिनदेखि सेयर बजार परिसूचक (नेप्से) लगातार ओरालो लागिरहेको छ । साउन ३१ गते ३००० बिन्दुमा पुगेको बजार त्यसपछि ओरालो गतिमा छ । आज (बुधबार) परिसूचक २६१० बिन्दुमा पुगेर कारोबार रोकिएको छ ।
बुधबार २२.७३ अंकले परिसूचक घटेको छ । परिसूचक मात्रै होइन, यो अवधिमा कारोबार रकममा पनि भारी गिरावट आएको छ । ३००० बिन्दुमा पुगेको दिन २९ अर्ब ३० करोड ५२ लाखको कारोबार भएको थियो । त्यसपछिका दिनमा लगातार घट्दै बुधबार ६ अर्ब ८५ करोडको कारोबार भएको छ ।
विश्लेषकहरू यो ट्रेन्डलाई सेयर बजारको स्वाभाविक प्रक्रिया मान्छन् । सेयर विश्लेषक भरत अर्याल यसलाई लगानीकर्ताहरू पर्ख र हेरेको स्थितिमा रहेको हुन सक्ने बताउँछन् । ‘बजारको सबै प्रक्रिया बुझेर लगानी गर्नेहरू त्यति छैनन् । तर अहिले कम्पनीहरूले लाभांश घोषणा गरिरहेको हुँदा त्यही अनुसार लगानीकर्ताले रणनीति बनाएको हुन जस्तो लाग्छ,’ उनी भन्छन् ।
करेक्सनको अवस्थामा रहेको सेयर बजारले केही दिनमा पुनः लय समात्ने उनको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण