कालिदह सीमामा एकीकृत जाँच विन्दु स्थापना
रुपन्देही । स्थलमार्गबाट बुद्ध जन्मस्थल लुम्बिनी आउने सबैभन्दा नजिकको कालिदह सिमानाकामा एकीकृत जाँच विन्दु सञ्चालनमा ल्याइएको छ ।
लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह–१३ स्थित नाकामा आजदेखि जाँच विन्दु सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले सञ्चालनमा ल्याएको जाँच विन्दुमा सुरक्षालगायत मुख्य जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ । सवारीसहित नेपाल भित्रिने पर्यटकलाई ठाउँठाउँमा जाँच गर्दा दुःख पाउने गरेको गुनासो बढेपछि एकीकृत जाँच केन्द्र विन्दुको सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनले सबै मिलेर पर्यटकलाई स्वागत गर्ने र रुपन्देहीसहित मुलुकमै शान्त तथा सुरक्षित वातावरण छ भन्ने अवस्था सिर्जना गर्नुपर्ने बताए ।
“एकीकृत जाँच विन्दुमा भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीले संयुक्त सुरक्षा जाँचसहितको कार्ड उपलब्ध गराएपछि जिल्लाभर अन्यत्र अनावश्यक जाँच हुने छैन । सुरक्षाकर्मीलाई सङ्का लागेमा भने जुनसुकै ठाउँमा चेकजाँच हुनसक्छ”, उनले भने ।
नगरप्रमुख सजरुद्दीन मुसलमानले पर्यटकीय वातावरण बनाउन एकीकृत जाँच बिन्दु प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उपप्रमुख कल्पना हरिजनले अब विगतमा जस्तो पर्यटकलाई ठाउँठाउँमा जाँच गरेर दुःख दिने अवस्था नहुने बताइन् ।
जाँच विन्दुको नगरप्रमुख मुसलमान, उपप्रमुख हरिजन, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतले संयुक्त रूपमा उद्घाटन गरेका थिए । रुपन्देहीको बेलहिया नाकामा एक महिनाअघि मात्र एकीकृत जाँच विन्दु सञ्चालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण