पहिलो पटक यू–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भलिबल टोलीको घोषणा
काठमाडौँ । नेपाल भलिबल संघले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ । भलिबल संघले बिहीबार उक्त प्रतियोगिताका लागि १२ सदस्यीय टोलीको घोषणा गरेको हो ।
काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिप आगामी अक्टोबर ४ देखि १२ तारिखसम्म श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना हुँदैछ । नेपालको पुरुष यू–२० भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको भलिबल संघले जनाएको छ ।
उक्त प्रतियोगिताका लागि घोषित टोलीमा पहल गहतराज (कर्णाली प्रदेश), सुरेश मल्ल (सुदूरपश्चिम प्रदेश), शैलेन्द्र यादव (मधेश प्रदेश), सूर्य विक (गण्डकी प्रदेश), अर्जुन नेपाली (सुदूरपश्चिम प्रदेश), विश्वास अधिकारी (गण्डकी प्रदेश), सागर रसौली (लुम्बिनी प्रदेश), अशोक राना (सुदूरपश्चिम प्रदेश), जितबहादुर सार्की (गण्डकी प्रदेश), सुजन सुनार (बागमती प्रदेश), लेसमन राहादी (लुम्बिनी प्रदेश) र दिपेश कुवँर (लुम्बिनी प्रदेश) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण