कर्णाली राजमार्ग अवरुद्ध : निरन्तर वर्षा हुँदा पहिरो हटाउन सकस
बिहीबार, २७ भदौ २०८१, १९ : २३
सुर्खेत । निरन्तर वर्षा हुँदा बुधबार कर्णाली राजमार्गमा गएको पहिरो हटाउन सकस भएको छ । जसका कारण कर्णाली राजमार्ग सञ्चालनमा आउन केही दिन लाग्ने देखिएको छ ।
कालिकोट प्रहरीले पहिरो हटाउने कार्यमा समस्या भइरहेको हुँदा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । पहिरोका कारण राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१, गगने खोला र एस मोडमा पहिरो खसेको छ ।
पहिरो हटाउन स्काभेटर गएपनि निरन्तर लेदो आइरहेका कारण हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण