शिक्षा दिवसमा पदक पाउनेको नाम सार्वजनिक गरिने
शुक्रबार, २८ भदौ २०८१, १६ : ३३
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसमा विभिन्न पदक पाउनेहरूको नाम सार्वजनिक गर्ने भएको छ । असोज २ गते आयोजना हुने राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्याभूषण पाउनेहरूको नाम कार्यक्रम पुस्तिकामा मात्रै प्रकाशित गरिने मन्त्रालयले जनाएको छ ।
उनीहरूको पदक र प्रमाणपत्र वितरण कार्यक्रमको मिति भने पछि तय हुनेछ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्र्दै नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ एवं छात्रा पुरस्कारका लागि आवेदन माग गरेको थियो ।
तर, अर्थ मन्त्रालयले पदकका लागि आवश्यक पर्ने बजेट उपलब्ध नगराएपछि यो वर्ष पनि पदक नदिई घोषणा मात्रै गर्न लागिएको हो । गत वर्ष समेत अर्थ मन्त्रालयबाट आवश्यक बजेटको व्यवस्थापन नहुँदा पदक मात्रै घोषणा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण