लिभिङस्टोनको अलराउन्ड प्रदर्शन, दोस्रो खेलमा इंग्ल्याण्डले अस्ट्रेलियालाई हरायो
कार्डिफ । लियाम लिभिङस्टोनको शानदार अलराउन्ड प्रदर्शनको मद्दतले इंग्ल्याण्डले अस्ट्रेलियालाई दोस्रो टी–२० खेलमा ३ विकेटले पराजित गरेको छ । योसँगै शृङ्खला १–१ को बराबरीमा पुगेको छ ।
पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले १ सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । इंग्ल्याण्डले उक्त लक्ष्य ६ बल बाँकी छँदै ७ विकेटको क्षतिमा पछ्यायो ।
लिभिङ स्टोनले ४७ बलमा ८७ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ६ चौका र ५ छक्का प्रहार गरे ।
उनलाई ज्याकब बेथेलले राम्रो साथ दिए । ज्याकबले २४ बलमा ४४ रन जोडे । उनले ४ चौका र ३ छक्का हिर्काए । ओपनर फिल साल्टले २३ बलमा ३९ रन बनाए ।
अस्ट्रेलियाका लागि म्याथ्यू सर्टले ५ विकेट लिए भने सन एबटले २ विकेट हात पारे ।
यसअघि अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । टोलीका लागि जेक फ्रेसर म्यागर्कले ३१ बलमा सर्वाधिक ५० रन बनाए । उनले ४ चौका र २ छक्का प्रहार गरे ।
विकेटकिपर जोस इंल्सिले २६ बलमा ४२ रन जोडे । उनले ५ चौकार १ छक्का हिर्काए । कप्तान ट्राभिस हेडले १४ बलमा ३१ रन बनाए । म्याथ्यु सर्टले २८ रन तथा एरन हार्डीले २० रन बनाए ।
इंग्ल्याण्डका लागि लियाम लिभिङस्टोन र ब्राइडन कार्सले २-२ विकेट लिए भने साम करन र आदिल रसिदले १-१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण