राष्ट्रिय खेलकुदका लागि दशैँअघि नै भौतिक पूर्वाधारको काम सकिन्छ : मन्त्री चौधरी
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण दशैँअघिसम्म सकिसक्ने बताएका छन् । शनिवार काठमाडौँमा एक कार्यक्रमबीच उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले दशौँ राष्ट्रिय खेलकुदका सुसम्पन्न गर्न उत्साहका साथ सरकारले ६० करोड रुपैयाँ बजेट छुट्याएको बताए ।
उनले अबको केही दिनदेखि नै दशौं राष्ट्रिय खेलकुदको गतिविधि व्यापक रुपमा सुरुवात हुने दाबी गरे । उनले सबैभन्दा ठूलो चुनौतीको रुपमा ६ हजार खेलाडीहरुको लागि बस्ने र खाने होटलको व्यवस्थापन रहेको बताए । उनले उक्त व्यवस्थापन केही जटिल देखिएपनि सरकारले गम्भीरताका साथ काम गरिरहेको बताए । उनले दशैँअघि नै युवा नीति घोषणा गर्ने बताए ।
मन्त्री चौधरीले भने, ‘अहिले संघीय मन्त्रालयको राष्ट्रिय खेलकुद परिषद्को त्यही उत्साह र उमंगसहित नेपाल सरकारको ६० करोड रुपैयाँ बजेट छुट्याएका छौँ । त्यो बजेट छुट्याइसकेपछि अहिले त्यो बजेटको सिलसिलामा दुई, तीन पटक मन्त्रालयमा छलफल भइसकेको छ । अब एक दुई दिनपछि अलि बढी मार्जिनसहित अर्थ मन्त्रालयमा गएपछि दशौं राष्ट्रिय खेलकुदको गतिविधि व्यापक रुपमा सुरुवात हुन्छ । अब भौतिक पूर्वाधारको अवस्था मेरो जानकारीअनुसार दशैँअघिसम्म सिद्धिन्छ ।
उनले थप भने, ‘मलाई पूर्ण विश्वास छ, कर्णालीको । सबैभन्दा ठूलो चुनौतिको रुपमा दुईवटा कुरा छ । जब ६ हजार खेलाडी त्यो ठाउँमा जान्छ, सुर्खेतमा । त्यो ठाउँमा जाँदा बसोवासको अवस्था कमजोर देखिन्छ । आर्मी, पुलिस र सशस्त्रको पनि आफ्नो बस्ने अवस्था कमजोर देखिन्छ । त्यो व्यवस्थापनका लागि अहिले हामीले शुरुवात गरेका छौँ । खेल्ने खेलाडीलाई खाने, सुत्ने व्यवस्थापनमा लागेका छौँ ।’
मन्त्री चौधरीले अहिले सरकारलाई खेलाडीलाई रोजगारी, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्नुपर्ने चुनौती रहेको बताए । उनले त्यसका लागि मन्त्रालयले पहल अघि बढाइरहेको समेत बताए । उनले युवाहरु विदेश पलायन हुनु पनि अहिलेको मुख्य समस्या रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण