पीएसजीको पुनरागमन जीत
काठमाडौँ । पेरिस सेन्ट जर्मेइन पीएसजीले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राखेको छ ।
शनिबार राति भएको खेलमा पीएसजी ब्रेस्टसँग १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै ३–१ गोलको पुनरागमन जीत दर्ता गरेको हो ।
पीएसजीको जीतमा ओस्मान डेम्बेलेले २ गोल गर्दा फाबियन रुइजले एक गोल थपे । ब्रेस्टका रोमियन डेल कास्टिलोले पेनाल्टीमार्फत २९ औँ मिनेटमा अग्रता दिलाएका थिए ।
४२ औँ मिनेटमा मार्को एसेन्सोका पासमा डेम्बेलेले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याएका थिए । ७३ औँ मिनटमा अचरफ हकिमीको पासमा फावियन रुइजले गोल गरेपछि पीएसजी २–१ ले अघि बढेको थियो । लगत्तै अर्कोमिनेटमा डेम्बेलेले गोल गरेपछि पीएसजी अन्ततः ३–१ को जीत निकाल्दै जारी सिजनमा अपराजित यात्रा कायमै राख्न सफल भयो । पीएसजीले ४ खेलबाट १२ अंक जोडेको छ । ब्रेस्ट भने समान खेलबाट ३ अंकका साथतालिकाको १२ औँ स्थानमा छ ।
फ्रेन्चलिगकै अन्य खेलमा मोनाकोले एक्सुरेलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यस्तै, मार्सेले नाइसलाई २–०ले स्तब्ध बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण