लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्ता छन् बैठकका कार्यसूची
सोमबार, ३१ भदौ २०८१, ०८ : ०५
बुटवल । लुम्बिनी प्रदेश सभा चौथो अधिवेशनको ३४ औँ बैठक सोमबार बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०८०/०८१ सभामा पेस गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले बताए ।
बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिल कुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेस हुने छ।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश सभा बैठकको शून्य समय र विशेष समयमा हालसम्म उठेका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफसहित मन्तव्य राख्ने कार्यसूची पनि रहेको छ । साथै बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा बोल्ने समेत कार्यसूची राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण