चार लाख राशीको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ मन्दिर परिसरमा तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ७ गतेदेखि तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता–२०८१ हुने भएको हो ।
संस्थाका अध्यक्ष शान्त उदासले प्रत्येक वर्ष झैँ यसवर्ष पनि मातातीर्थ चौरमा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले प्रतियोगितामा काठमाडौँ उपत्यकाका साथै धादिङ, मकवानपुर, नुवाकोट, काभ्रेपलाञ्चोकलगायत जिल्लाका खेलाडीको सहभागिता रहने बताए ।
प्रतियोगितामा सहभागी हुने टीमले असोज ४ गतेसम्म गर्न सक्ने अध्यक्ष उदासले बताए । प्रतियोगितामा प्रथम हुने टिमले रु चार लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले रु दुई लाख पचास हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमले रु एक लाख पचास हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् ।
वि.स २०७९ देखि सुरु गरिएको प्रतियोगितामा पहिलो वर्ष ३० र दोस्रो वर्ष २४ टिमको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री
-
अमेरिकामा गायक युवराज चौलागाईंलाई सम्मान
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण