रुपन्देहीमा एक पुरुषको शव फेला
सोमबार, ३१ भदौ २०८१, २० : ०१

बुटवल । रुपन्देहीको तिलोत्तमामा सोमबार एक पुरुषको शव फेला परेको छ ।
तिलोत्तमा नगरपालिका–१३ चिलियास्थित खेतमा अन्दाजी २६ वर्षीय युवाको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।
उनका अनुसार खेतमा काम गर्न गाएका स्थानीयले बोरामा पोका पारेको अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको प्रारम्भिक अनुसन्धान अनुसार उक्त शव करिब एक सातादेखि रहेको हुन सक्ने प्रहरी नायव उपरीक्षक पण्डितले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा चार वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या
-
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक : आज अर्थमन्त्री पौडेलले जवाफ दिने
-
एउटै उद्योगले लिने धेरै सुविधा पुनरावलोकन गर्न महालेखाको सुझाव
-
कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द