अखिल क्रान्तिकारी कर्णालीको अध्यक्षमा शाही निर्वाचित
सोमबार, ३१ भदौ २०८१, २१ : १५
सुर्खेत । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कर्णाली प्रदेश अध्यक्षमा मानसिंह शाही निर्वाचित भएका छन् ।
सोमबार वीरेन्द्रनगरमा भएको दोस्रो सम्मेलनबाट शाही निर्वाचित भएका हुन् ।
यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा दैलेखका हिक्मतबहादुर शाही, उपाध्यक्षमा हिक्मत शाही (शिक्षा क्याम्पस), ध्रुव शाही, मनिषा चन्द, प्रकाश विक, टिकाराम विक र अजय विष्ट निर्वाचित भएका छन् ।
यस्तै प्रमुख सचिवमा नारायण केसी, सचिवमा विष्णु भण्डारी, पदम शाही, शुक्रराज रावल र कोषाध्यक्षमा भुवन गौतम निर्वाचित भएका छन् । संगठनको प्रदेश कमिटी ७५ सदस्यीय बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण