‘एभरेस्ट वुमन भलिबल लिग’को ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न
काठमाडौँ । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेस्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)को ‘ट्रफी अनावरण समारोह’अर्थात ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न भएको छ ।
‘कर्णाली यश्विज’द्वारा आयोजित ‘ट्रफि टुर’ कर्णाली प्रदेशको राजधानीबाट सुरु गरिएको थियो । पहिलो पटक हुन लागेको यस फ्रेन्चाइज लिगको ट्रफी मंगलबार सुर्खेत स्थित नमस्ते नेपाल हलमा अनावरण गरिएको थियो ।
‘ट्रफी अनावरण’ समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह प्रमुख अतिथिको रुपमा उपस्थित थिए । त्यसैगरी, भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा कर्णाली प्रदेश भलिबल सङ्घको अध्यक्ष, भलिबल सङ्घको केन्द्रीय सचिव, सदस्य, प्रशिक्षक, खेलाडी मिना सुनुवार, लगायत खेलाडी, विद्यार्थीहरू तथा भलिबल प्रेमीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।
‘अब पालो महिलाको’ स्लोगनसहित सुरु भएको 'ुएभरेस्ट वुमन्स भलिबल लिग'को ‘कर्णाली यश्विज’लाई रमेश कर्पोरेसनले हेर्दै आइरहेको छ । रमेश कर्पोरेसनले खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मूल उद्देश्यको साथ ‘कर्णाली यश्विज’ टिमलाई स्वामित्व गरेको हो ।
कर्णालीमै ट्रफीको अनावरण हुनुले खेलाडी र कर्णालीमा रहेका भलिबल प्रेमीहरूमा थप ऊर्जा थपेको ‘कर्णाली यश्विज’को अध्यक्ष सुशील गुप्ताको भनाइ छ । ‘कर्णाली यश्विज’ टिमप्रति विदेशी खेलाडीहरुको समेत आकर्षण बढ्दै गएको र भलिबल खेल्ने कुरा भइरहेको गुप्ता बताउँछन् ।
‘एभरेस्ट वुमन भलिबल लिग’भने काठमाडौँमा हुनेछ। यहीँ असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने लिगमा ६ टोलीको सहभागिता रहनेछ ।
कर्णाली भलिबल महिला टोलीको प्रमुख प्रशिक्षकमा कुमार राई छन् । उनी 'न्यु डाइमन्ड युथ स्पोट्स क्लब' को प्रमुख अध्यक्ष समेत थिए। महिला भलिबलको उत्थानका लागि उनको ठुलो योगदान छ । उनको प्रशिक्षणमा कर्णाली यश्विज टिमले ‘एभरेस्ट वुमन भलिबललिग (ईडब्लुभिएल)’को ट्रफी उचाल्नेमा सबै विश्वस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री
-
अमेरिकामा गायक युवराज चौलागाईंलाई सम्मान
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण