पार्टी कार्यालय भवन बनाउन जग्गा खोज्दै एमाले
काठमाडौँ । नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्न आगामी मङ्सिरसम्म जग्गाको पहिचान र व्यवस्थापन गर्ने भएको छ । २०७२ सालको भूकम्पले बल्खुस्थित पार्टी केन्द्रीय कार्यालय भवन क्षतिग्रस्त भएपछि एमाले केन्द्रीय कार्यालय भाडामा सञ्चालन हुँदै आएको छ ।
भाडाको भवन आवश्यकता अनुसार नभएको भन्दै एमालेले पटक पटक आफ्नै भवन निर्माण गर्ने निर्णय गर्दै आएको छ । तर कार्यान्वयन भने गर्न सकेको छैन । बल्खुको भवन भत्किएपछि एमालेले धुम्बाराही, थापाथली र च्यासल गरी तीन ठाउँमा भाडाको घरमा पार्टी कार्यालय सञ्चालन गर्दै आएको छ ।
यसअघि नै एमालेले आफ्नै कार्यालय भवन बनाउने भन्दै पार्टी सदस्यबाट न्यूनतम एक सय रुपैयाँ सङ्कलन गर्ने अभियान सुरु गरिसकेको छ । ‘थप सहयोग गर्न चाहने र सक्ने सहयोगीहरूबाट सहयोग लिएर सुविधा सम्पन्न आधुनिक पार्टी कार्यालय भवन निर्माण गर्ने पार्टीको योजना रहेको छ’, एमाले महासचिव शंकर पोखरेलले भदौ ३१ गते जारी गरेको वार्षिक कार्य योजनामा भनिएको छ ।
एमालेले पार्टी कार्यालय भवन बनाउन ५ बुँदे कार्ययोजना तयार गरेको छ । जसका लागि पार्टीको केन्द्रीय कार्यालय भवन बनाउन उपयुक्त जग्गाको पहिचान र व्यवस्थापन आगामी मंसिरभित्र गरिसक्ने उल्लेख छ ।
पार्टीको निर्णयबमोजिम पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका लागि स्रोत सङ्कलन गर्ने कामलाई अभियानका रूपमा अघि बढाउने एमालेको तयारी छ । त्यस्तै सदस्यता नवीकरण र विस्तारका क्रममा प्रत्येक सदस्यबाट न्यूनतम १०० रुपैयाँ सङ्कलन गर्ने कामलाई यथाशीघ्र कार्यान्वयन गर्ने र थप आर्थिक सहयोग गर्ने पार्टी कार्यकर्ता र सहयोग गर्न सक्ने अन्य सहयोगीहरूको रोस्टर तयार गरी केन्द्रमा पठाउन एमालेले सबै पार्टी कमिटीलाई पठाएको कार्य योजनमा भनिएको छ ।
पार्टी केन्द्रको योजना र निर्देशनअनुसार थप सहयोग सङ्कलन गर्न कार्यकर्ताहरूलाई अनुमति दिएको एमालेले पार्टी कार्यालय भवन निर्माण र स्रोत परिचालनका लागि केन्द्रीय सचिवालयले आवश्यक समिति गठन गरी यथाशीघ्र कार्य आरम्भ गर्ने जनाएको छ ।
२०७८ साल वैशाख ९ गते बल्खुस्थित पार्टीकै नाममा रहेको १३ रोपनी जग्गामा भवन बनाउने भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले भवन शिलान्यास नै गरेका थिए । तर, अहिले पुन जग्गा खोज्ने अभियानमा एमाले लागेको छ । बल्खुको जग्गा अपुग हुने भएकाले अलि फराकिलो स्थान विकल्पका रूपमा सोचिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण