एनएसए कप पौडी असोज दोस्रो साता
काठमाडौँ । नेपाल पौडी संघले असोज १३ र १४ गते ‘एनएसए कप पौडी प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगिताको यो १२औँ संस्करण हो । प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा हुने जानकारी बुधबार पत्रकार सम्मेलनमा संघले दिएको छ ।
उक्त प्रतियोगितामा महिला र पुरुषतर्फका खुलासहित उमेर समूहका विभिन्न ७२ वटा स्पर्धा समावेश गरिएको छ । प्रतियोगितामा तीन सय ५० जना खेलाडीको सहभागिता रहने बताइएको छ । हरेक उमेर समूहका उत्कृष्ट एक महिला र एक पुरुष खेलाडीले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी, प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने बताइएको छ । हालको राष्ट्रिय कीर्तिमानमा एक सेकेन्डभन्दा कम अन्तरको कीर्तिमान भए पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
यसैगरी, एकदेखि तीन सेकेन्डसम्म अन्तरको कीर्तिमान बनाए १० हजार रुपैयाँ र तीन सेकेन्डभन्दा बढिको अन्तरसहित कीर्तिमान बनाए २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने पौडी संघले जनाएको छ । संघले प्रतियोगिताका क्रममा ओलम्पिकमा सहभागी पौडी खेलाडीलाई पनि सम्मान गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ६७ करोडमा बिक्री
-
अमेरिकामा गायक युवराज चौलागाईंलाई सम्मान
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण