सात दिनको समय तोकेर एन्फालाई राखेपको अर्को पत्र
काठमाडौँ । दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माग गरेको कार्ययोजना अखिल नेपाल फुटबल संघ (एन्फा) ले अझै पेश गरेको छैन ।
आफूले माग गरेको कार्ययोजना एन्फाले अझै पेश नगरेको राखेपले जनाएको छ । राखेपले दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन अनुमानित लागत, समयावधीसहितको कार्ययोजना एन्फासँग माग गरेको थियो ।
साउन अन्तिममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबिच भएको छलफलमा १५ दिनभित्र परामर्शदाताको सुझाव अनुसार कार्ययोजना पेश गर्न एन्फा सहमत भएको थियो । सहमती अनुसार एन्फाले पन्ध्र दिनभित्र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरि फुटबल मैदानलाई स्तरोन्नती गर्न कार्ययोजना पेश गर्नुपर्ने थियो ।
छलफल भएको एक महिना बितिसक्दा पनि कार्ययोजना पेश नगरेको भन्दै राखेपले यसतर्फ फेरि एन्फाको ध्यानाकर्षण गराउन पत्राचार गरेको छ । सात दिनभित्र लागत, आवश्यक पर्ने समयावधीसहितको कार्ययोजना पेश गर्न पुनः पत्राचार गरिएको राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण