रहेनन् हिमेश रेशमियाका पिता
बिहीबार, ०३ असोज २०८१, ११ : ४४
नयाँ दिल्ली । बलिउडका चर्चित सङ्गीत निर्देशक विपिन रेशमियाको निधन भएको छ । ८७ वर्षको उमेरमा विपिनको मृत्यु भएको हो । गएको केही समयदेखि उनलाई मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो ।
यसैबिच सेप्टेम्बर १८ को साँझ ६ः३० बजे उनको मृत्यु भएको बताइएको छ । विपिन सङ्गीतकार हिमेश रेशमियाका पिता थिए । उनी बुढ्यौलीसँग सम्बन्धित समस्या र रोगसँग जुझिरहेका थिए ।
उनी अस्पतालमा कहिलेदेखि भर्ना भएर बसेका थिए भन्ने जानकारी आएको छैन । विपिनको अन्त्येष्टि सेप्टेम्बर १९ मा जुहूमा गरिने बताइएको छ । बिहीबार नै उनको पार्थिव शरीरलाई घर ल्याइएको थियो ।
विपिनले सलमान खानको फिल्ममा पनि सङ्गीत दिएका थिए । यसै क्रममा सलमान र हिमेशको भेट भयो । त्यसपछि अभिनेताले आफ्नो फिल्म प्यार किया तो डरना क्यामा सङ्गीत दिने अवसर हिमेशलाई दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
-
संविधान संशोधन बहस कार्यदलले पूर्वप्रधानमन्त्री भट्टराईसँग गर्यो छलफल
-
सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण