बागमती प्रदेश सरकारले गर्यो पलेसालाई १० लाख रुपैयाँसहित सम्मान

हेटौँडा । बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक दिलाएकी पलेसा गोवर्द्धनलाई १० लाख रुपैयाँसहित सम्मानित गरेको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा संविधान दिवसको अवसरमा आयोजित एक समारोहमा पलेसालाई नगद पुरस्कार प्रदान गरिएको हो ।
प्रदेश सरकारले पलेसालाई हेटौँडामा बजार परिक्रमा सहित कांस्य पदक विजेता पलेसालाई सम्मानित गरिएको हो । पलेसाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो ।
त्यस्तै १९ औँ एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाखसहित सम्मानित गरेको हो । एरिकाले एसियाडमा महिला ६८ केजी तौल समूहमा ऐतिहासिक रजत जितेकी थिइन् ।
प्रदेश सरकारले एरिकाको प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासङ्घ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरेको हो ।
उनीहरूलाई वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, खेलकुद मन्त्री मीनकृष्ण महर्जनले सम्मान पत्र एवम् नगद हस्तान्तरण गरेका थिए । एरिका र कुशलसहित नेपाली कराते टोली अहिले एसियाली च्याम्पियनसिप खेल्न चीन पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने