विभिन्न स्थानमा ८ जना मृत फेला
काठमाडौँ । देशका विभिन्न स्थानमा ८ जना मृत फेला परेका छन् । ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँस्थित बुंग्मती कुलोको गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै कञ्च्नपुरको बेदकोट नगरपालिका–३ भम्कास्थित सडक छेउमा सोही ठाउँ बस्ने डडेलधुरा आलीताल गाउँपालिका–७ घर भएका ४१ वर्षीय जोगी महरा बिहीबार मृत अवस्थामा फेला परे ।
काठमाडौँको टोखा नगरपालिका–३ पञ्चेटार बस्ने ६२ वर्षीय शोबिलाल श्रेष्ठ सोही ठाउँस्थित कुलोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् भने दैलेखको भैरवी गाउँपालिका–४ लिउडा बस्ने ६७ वर्षीय नरेश्वर जैसी सोही गाउँपालिका–४ बालिकाँडामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१४ विजयनगर टोल बस्ने ५१ वर्षीय देव प्रसाद रिमाल सोही ठाउँस्थित खरबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, लक्ष्मिनियाँ गाउँपालिका–१ सोहनी टोल बस्ने ७० वर्षीय दलतिया देवी महरा सोही ठाउँस्थित पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् भने महोत्तरीको जलेश्वर नगरपालिका-९ पर्कौली चोकस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
पर्वत, कुस्मा नगरपालिका-६ बान्द्रेवेणी नजिक रहेको कृष्ण मन्दिरको चौरको मञ्चमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण