चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त
चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार्यालयमा आवागमनसम्बन्धी तथ्याङ्क चुस्तदुरुस्त रुपमा राख्ने उद्देश्यले विद्युतीय हाजिरको व्यवस्था गरिएको कार्यालयले स्पष्ट गरेको छ ।
जिल्ला सभापति राजेश्वर खनालका अनुसार गत साउन १ गतेदेखि विद्युतीय हाजिरको व्यवस्था गरिएको हो । जिल्ला कार्यसमितिका ६७ जना, क्षेत्र, प्रदेश र पालिका समितिका १६ जना सभापति र पाँच जना कर्मचारीसमेत गरी जम्मा ८८ जनाको हाललाई विद्युतीय हाजिरीमा अभिलेख हुने व्यवस्था गरिएको छ ।
सभापति खनालले भने, “पार्टी कार्यालयमा जडान गरिएको विद्युतीय हाजिरी उपकरणअघि उभिएपछि हाजिरी हुन्छ, जिल्लास्थित तोकिएका नेताहरू पार्टी कार्यालय आउँदा हाजिर गर्ने परिपाटी सुरु भएको छ, यसलाई अझ व्यवस्थित, प्रभावकारी, प्रविधिमैत्री र जवाफदेही बनाउँदै नवीन सोचका साथ जिल्ला पार्टी कार्यालय सञ्चालन गर्दछौँ ।”
चितवनबाट सुरु भएको हाजिरी व्यवस्थापनसम्बन्धी प्रविधिमा आधारित अभ्यास क्रमशः अन्य जिल्ला कार्यालयमा पनि सुरु हुने विश्वास व्यक्त गर्दै उनले देश र जनताका पक्षमा स्थापित जिम्मेवार राजनीतिक पार्टीमा आबद्ध नेता तथा कार्यकर्ता सदैव सेवाका साथ मुलुक र जनताप्रति समर्पित हुनुपर्ने धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण