चितवन शक्तिले भित्र्यायो रसियन खेलाडी
काठमाडौँ । एभरेस्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीएल) का लागि चितवन शक्तिले रसियाकी अपोजिट हिटर अन्ना डिमित्रीभालाई भित्र्याएको छ ।
पहिलो पटक अनुबन्ध गरेको अजरबैजानकी केन्सिया पावेल्निले कारण बस टिममा आउन नसक्ने बताएपछि चितवनले रसियन खेलाडीलाई भित्र्याएको हो।
२१ वर्षीया अन्ना ६.२ उचाइ भएकी दायाँ हाते स्पाइकर हुन् । उनी पहिलो पटक नेपालमा खेल्न आउन लागेकी हुन् ।
उनको उपस्थितीले टिम थप बलियो हुने र प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास चितवन शक्ति टिमले लिएको छ ।
चितवनका लागि भारतीय मिडलब्लकर सुर्या सरसुरी र स्पाइकर केपी अनुश्रीलाई अनुबन्ध गरिसकेको छ ।
अन्ना चितवनको तेस्रो विदेशी खेलाडी हुन् । उनले वात्सल्य महिला भलिबल लिगमा चितवनको लागि खेल्नेछिन् ।
चितवनका लागि नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण