रिभल्वर र भरुवा बन्दुकसहित तीन जना पक्राउ
काठमाडौँ । कपिलवस्तु र ताप्लेजुङबाट हतियारसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ सानो गणेशपुर चोकबाट मेड इन कानपुर लेखिएको ५ राउण्ड गोली लोड गरेको सानो रिभल्वर १ थान र गोलीको खोका १ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश पिपरागाउँ वस्ती बस्ने ३२ वर्षीय प्रितम कुमार र २५ वर्षीय सुरज दुवेदी रहेका छन् । इलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको यूपी ५१ एम ०५३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त रिभल्वर सहित फेला पारी पक्राउ गरेको हो ।
उता ताप्लेजुङको फक्तालुङ गाउँपालिका-५ बस्ने जित बहादुर लिम्बुलाई एकनाले भरुवा बन्दुक १ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका-५ स्थित देबिस्थान जंगलको ओढारमा वेवारिसे अवस्थामा रहेको ३ थान भरुवा बन्दुक फेला पारी बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
-
बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
-
ट्रम्पको इरान युद्ध नीतिविरुद्ध मोर्चाबन्दी : डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा बजेट
-
धनगढीमा सबैभन्दा धेरै गर्मी, पोखरा र विराटनगरमा वर्षाको ८० प्रतिशत सम्भावना
-
देशका २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण