बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उद्योगपति प्रदीप मित्तलको जीवन यात्रा पुस्तकमा

सोमबार, २६ असार २०७४, १० : ४८
सोमबार, २६ असार २०७४

बिर्तामोड – बिर्तामोडका युवा उद्योगपति प्रदीप मित्तलको जीवन यात्रा समेटिएको ‘प्रदीप मित्तल एक निरन्तर यात्रा’ नामक पुस्तक तथा श्रव्य दृश्य सामग्री सार्वजनिक भएको छ । 


प्रदीपका पिता द्वारिकाप्रसाद मित्तल र बिर्तामोडका नव निर्वाचित मेयर धु्रवकुमार शिवाकोटी लगायतले सो साम’हीक बिमोचन गरे ।
मेचीका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारी, पुस्तकका सम्पादक कलाकार लय संग्रौला, मिलाप मासिकका सम्पादक÷प्रकाशक कृष्ण भुसाल लगायतको समेत कार्यक्रममा उपस्थिती रहेको थियो । 


कार्यक्रमका वक्ताले युवा उमेरमै सामान्य व्यवसायीदेखि ठूलो उद्योगपतिको रुपमा स्थापित प्रदीपको जीवन सङ्घर्ष र सफलताका रहस्य समेटिएको पुस्तक अरुका लागि प्रेरक भएको धारणा राखेका थिए ।


कभरसहित १८० पृष्ठको पुस्तकमा उद्योगपति प्रदीपको जीवन यात्रादेखि उनको उद्योग व्यवसायका क्षेत्र समेटिएको छ । त्यस्तै उनलाई नजिकबाट चिन्ने सहकर्मीहरुको लेख समेत पुस्तकमा समेटिएको छ भने श्रब्य दृष्यमा पुस्तकमा भएका अंशहरुलाई प्रस्तुत गरिएको छ । 


सो अवसरमा मित्तलले पत्रकार सहारा उपचार कोषका झपाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् ।


पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई उद्योगपति प्रदीप तथा उनका पिता द्वारिकाप्रसाद मित्तलले उक्त रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा लय संग्रौला र कृष्ण भुसाललाई अभिनन्दन  समेत गरियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप