दुई जना मृत फेला
आइतबार, ०६ असोज २०८१, १३ : ३९
काठमाडौँ । कैलाली र प्युठान जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका(६ जाली शान्तिटोल बस्ने ५० वर्षीया सुन्द्री चौधरी सोही ठाउँस्थित खेतको नालामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी प्युठानको गौमुखी गाउँपालिका-३ रजवारा बस्ने ६८ वर्षीय कर्णे बहादुर सुनार सोही गाउँपालिका-६ लिवाङस्थित झिमरूक खोलाको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण