कोप–२९ लाई उपलब्धिमूलक बनाइन्छ : मन्त्री शाही
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप–२९) मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हासिल गर्नेगरी नेपाल प्रस्तुत हुने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आइतबार कोप–२९ बारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री शाहीले व्यवस्थित एजेण्डासहित नेपाललाई कसरी बढी कोपबाट उपलब्धि हासिल गराउन सकिन्छ भन्ने हिसाबले अघि बढ्ने बताए । उनले थप अझै गोष्ठी, विचारहरू र आवश्यक सेमिनरहरु गरी सुझाव संकलन गरेर अगाडि बढ्ने र संख्यालाई व्यवस्थित गर्नेकुरामा मन्त्रालयको ध्यान केन्द्रित रहेको बताए । उनले प्रभावित क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने र त्यसमा पनि कर्णाली प्रदेशको प्रतिनिधित्व अनिवार्य गराउने कुरा सकारात्मक रहेको भन्दै मन्त्रालयले गम्भीरताका साथ लिने बताए ।
मन्त्री शाहीले कर्मचारीको संख्या धेरै भएको गुनासो आएकाले कम गर्नेमा आफूहरू लागेको बताए । कोप २९ लाई विगतका कोपहरु भन्दा व्यवस्थित र नेपाललाई थप उपलब्धि हुने किसिमले मन्त्रालयले काम गरिरहेको बताए ।
उनले भने, ‘अबको कोपलाई नेपालका एजेण्डाहरु र नेपाललाई कसरी बढी हामीले त्यो कोपबाट उपलब्धि हासिल गर्नसक्छौँ, त्यसमा हामी अझै थप छलफल गर्ने पक्षमा छौँ । थप अझै गोष्ठी, विचारहरू र आवश्यक सेमिनरहरु गरी, सुझाव संकलन गरी अगाडि बढ्ने र संख्यालाई व्यवस्थित गर्नेकुरामा हाम्रो एकदमै ध्यान केन्द्रित गर्नेछौँ । प्रभावित क्षेत्रको प्रतिनिधित्व हुनुपर्छ भन्नेकुरा उठाउनुभएको छ, यो अत्यन्तै महत्त्वपूर्ण छ ।’
मन्त्री ठकुरीले मन्त्रालयले समितिले दिएका सुझाव पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण