को-को बन्दै छन् बिग बोस १८ का प्रतियोगी ?
मुम्बई । चर्चित टेलिभिजन रियालिटी शो बिग बोसको १८ औं सिजन अक्टोबर ५ बाट सुरु हुँदैछ । शोको प्रोमो सार्वजनिक भइसकेको छ ।
योसँगै शोमा सहभागी हुने प्रतियोगीहरुको नाम निरन्तर बाहिर आइरहेको छ । ‘ये रिश्ते हैं प्यार के’ र ‘ये तेरी गलिया’ जस्ता टेलिभिजन कार्यक्रममा सहभागी भएका अविनाश मिश्रा यस सिजनमा प्रतियोगीका रुपमा देखिने भएका छन् ।
‘ये रिश्ता क्या कहलाता है’ शोका चर्चित अभिनेता शहजाद धामीको पनि शोमा आगमन पक्का भएको मानिएको छ । टिभी इन्डस्ट्रीबाट कयामत से कयामत तक शोको हिस्सा रहेका करण राजपाल पनि यस शोको हिस्सा बन्न लागेका छन् । यसका अलावा अभिनेता क्या हुआ तेरा वादा, परिचय, राक्षस, नादन परिन्दे, मेरे अंगने मे र नामकरण जस्ता धेरै शोको हिस्सा भइसकेका छन्।
बलिउड लाइफको रिपोर्टका अनुसार चर्चित टिभी अभिनेत्री निया शर्माले पनि बिग बोस १८ को सम्झौतामा हस्ताक्षर गरेकी छिन् । यसअघि निया शर्माले बिग बोसको एक सिजनमा अतिथि प्रतियोगीका रूपमा भाग लिएकी थिइन् ।
खतरों के खिलाडी १३ को एक हिस्सा रहेकी अभिनेत्री नायरा बनर्जी पनि कार्यक्रममा आउने निश्चित छ । अभिनेत्री दिव्या दृष्टिमा पनि देखिएकी छिन् । टिभी अभिनेत्री चाहत खन्ना पनि कार्यक्रममा सहभागी हुन सक्छन् ।
धीरज धुपर पनि बिग बोस १८ को हिस्सा बन्न लागेका छन् । रिपोर्टहरू विश्वास गर्ने हो भने, अभिनेताले शोमा आउन हस्ताक्षर गरिसकेका छन्। धीरज शेरदिल शेरगिल र ससुराल सिमर का जस्ता चर्चित शोको हिस्सा भइसकेका छन् ।
यदि रिपोर्टहरू विश्वास गर्ने हो भने, बिग बोस विजेता दीपिका कक्कडका पति र अभिनेता शोएब इब्राहिम पनि शोको हिस्सा हुनेछन्। तर, केही समयअघि एक भिडियोमार्फत उनले शोमा आउने खबरलाई अफवाह भनेका थिए ।
वरिष्ठ अभिनेत्री पद्मिनी कोल्हापुरी पनि शोका निर्माताहरुसँग कुराकानीमा छिन् । खतरों के खिलाडी १४ को फाइनलिस्ट करण वीर मेहरालाई पनि शो अफर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण