हालान्डले बराबरी गरे रोनाल्डोको कीर्तिमान
म्यानचेस्टर । म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्डले क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गर्न सफल भएका छन् । आइतबार आर्सनलविरुद्धको खेलमा गोल गर्दै उनी सबैभन्दा चाँडो कुनै पनि क्लबका लागि १ सय गोल गर्ने खेलाडी बनका हुन् ।
नर्वेजियन खेलाडीले खेलको नवौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले रोनाल्डोसँगै १ सय ५ खेलमा कुनै पनि युरोपियन क्लबका लागि १ सय गोल पुरा गरे ।
सन् २०११ मा रोनाल्डोले रियल मड्रिडका लागि १ सय गोल गरेका थिए । उनलाई पनि १ सय ५ खेल नै लागेको थियो ।
सन् २०२४ मा केभिन डी ब्रुयना सिटीका लागि १ सय गोल गर्ने १८ औँ खेलाडी बनेका थिए । उनलाई ३ सय ७२ खेल लागेको थियो ।
हालान्डले यसअघि नै प्रिमियर लिग सिजनको पहिलो चार खेलमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड तोडिसकेका छन् । उनले गरेको ९ गोलमा दुई ह्याट्रिक पनि समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण