अमेरिकामा प्यालेस्टिनी राष्ट्रपति र मोदीबिच भेटवार्ता
वासिङ्टन डिसी । अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका धेरै नेताहरूसँग भेट गरेका छन् । सोही क्रममा मोदीले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता गरेका हुन् ।
भेटमा मोदीले इजरायल–प्यालेस्टाइन मुद्दामा आफ्नो कुरा दोहोर्याए । ‘राष्ट्रपति महमूद अब्बाससँग न्यूयोर्कमा भेट भयो । क्षेत्रमा शान्ति र स्थायित्व स्थापना गर्नेबारे भारतले आफ्नो समर्थन दोहोर्याएको छ । प्यालेस्टाइन र भारतबिचको पुरानो मित्रतालाई अझ सुदृढ बनाउने विषयमा छलफल पनि भयो,’ मोदीले प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बाससँगको आफ्नो तस्बिर इन्स्टाग्राममा सेयर गर्दै लेखेका छन् ।
प्रधानमन्त्री मोदीले कुवेतका युवराज शेख सबाह खालिद अल–हमद अल–सबाहलाई पनि भेटेका थिए ।
‘कुवेतका युवराज शेख साबाह खालिद अल–हमद अल–सबाहसँग निकै अर्थपूर्ण कुराकानी भयो । फार्मा, खाद्य प्रशोधन, प्रविधि र ऊर्जाको क्षेत्रमा भारत–कुवेत सम्बन्धलाई अझ बलियो बनाउन छलफल गरियो,’ एक्समा तस्बिरसहित प्रधानमन्त्रीले लेखेका छन् ।
अमेरिकामा मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीसँग पनि भेट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
-
इप्पानको नयाँ कार्यसमिति चयनः कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण