खानहरूले नसकेको काम गरेर देखाइन् श्रद्धा कपूरले
नयाँ दिल्ली । बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राजकुमार रावको फिल्म ‘स्त्री २’ ले बलिउडमा ६०० करोड क्लब सुरु गरेको छ ।
बलिउडमा अहिलेसम्म सयदेखि ५ सय करोड क्लबसम्म सबैको खाता खानहरू अर्थात् शाहरुख खान, सलमान खान र आमिर खानले गरेका हुन् । तर स्त्री २ यी सबैलाई उछिनेको छ । फिल्म ६०० करोड क्लबमा छिर्ने पहिलो बलिउड फिल्म बनेको छ ।
घरेलु बक्स अफिसमा आइतबार फिल्म ६०० करोड क्लबमा छिरेको छ । गएको ३८ दिनको कारोबारमा फिल्मले कूल ५९८ करोड ८९ लाख भारु कमाएको थियो ।
आइतबार अर्को ४ करोड ८५ लाख भारु कमाइ गर्दै फिल्मले नयाँ कीर्तिमान बनाएको हो । योसँगै फिल्मको नेट कलेक्सन ६०४ करोड भारु नजिक पुगेको छ ।
खानहरू सुपरस्टार नभएपछि बक्स अफिसमा नयाँ क्लब सुरु गर्ने स्त्री २ पहिलो फिल्म बनेको छ । बलिउडमा सयदेखि ५०० करोड क्लबको सुरुवात गरेको श्रेय खानहरूलाई जान्छ ।
गएको वर्ष दुईवटा सुपर हिट फिल्म दिएर पनि शाहरुख यो क्लबमा पुग्न सकेका थिएनन् । बलिउडमा ५०० करोड क्लबमा अहिलेसम्म परेको सबै फिल्म एक्सन हुन् ।
यस्तोमा हरर कमेडी फिल्म स्त्री–२ ले नयाँ क्लबको शुभारम्भ गरेको छ । रिलिज भएको ३९ दिन बितिसक्दा पनि फिल्मको कमाई अझै शानदार छ ।
फिल्म भर्खरै रिलिज हुँदा यसको नेट कलेक्सन ३०० करोड भारुसम्म पुग्ला भन्ने अनुमान थियो । तर फिल्मले अनुमान गरेको भन्दा दोब्बर कमाई गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
-
संविधान संशोधन बहस कार्यदलले पूर्वप्रधानमन्त्री भट्टराईसँग गर्यो छलफल
-
सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण