कुलोमा डुबेर एक बालिकाको मृत्यु
मङ्गलबार, ०८ असोज २०८१, २१ : ०५
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–५ स्थित आफ्नै घर अगाडिको कुलोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय बब्लु अन्सारीकी छोरी दुई वर्षीया आईसा खातुनको कुलोमा डुबेर आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर अगाडि खेल्दै गरेकी खातुनलाई नदेखेपछि परिवारले आज दिउँसो प्रहरीमा खबर गरेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले खोजतलास गर्दा घरदेखि एक सय ५० मिटर दक्षिणतर्फ कुलोको पानीमा डुबेर मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
यसैबिच सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा हिजो करेन्ट लागेर दुई वर्षीय एक बालकको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण