प्रचण्ड र रवीन्द्र मिश्रबिचको कुराकानीप्रति बाबुरामको प्रतिक्रिया– प्रचण्डको वास्तविकता त्यही हो
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रवीन्द्र मिस्रबिचको भेटलाई कटाक्ष गरेका छन् ।
प्रचण्डले राजा महेन्द्र त गज्जबका 'भिजनरी' राजा रहेछन् भन्ने प्रतिक्रिया दिएको रवीन्द्रको भनाइलाई लक्षित गर्दै उनले बिरालो म्याउ गरेको रूपमा चित्रण गरेका छन् । उनले भनेका छन्– 'प्रचण्ड र रवीन्द्र मिश्रबिचको अंतरंग कुराकानीको सत्य तथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो। तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्षदेखि जान्ने सबैलाई थाहा छ अहिले बिरालो म्यॉउ गरेकै हो! किनकि प्रचण्डको वास्तविकता त्यही हो।'
उनी थप लेख्छन्– 'गणतन्त्र,धर्मनिरपेक्षता,सङ्घीयता,समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानपूर्ण सङ्घर्षको बलमा प्राप्त भएको हो। केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्ता लिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन्! खोस्न दिनु हुँदैन!'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण