नेपाल बीआरआईमा सहभागी भएकोले अब कुनै नाकाबन्दीसँग डराउनु पर्दैन : परराष्ट्रविद् श्रेष्ठ
काठमाडौँ । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले चिनियाँ परियोजना बीआरआई कार्यान्वयनलाई प्राथमिकता दिन आग्रह गरेका छन् । काठमाडौँमा बुधबार आयोजित “बीआरआई : अवसर र चुनौती” विषयक अन्तरक्रियामा परराष्ट्रविद् श्रेष्ठले नेपालको पारवहनमा महत्त्वपूर्ण परिवर्तन ल्याउने बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजनाको महत्त्वबारे चर्चा गरे ।
परराष्ट्रविद् श्रेष्ठले नेपालले बीआरआईमा सहभागिता जनाएपछि अब नाकाबन्दी जस्ता घटनाहरूबाट डराउन नपर्ने र पारवहनका लागि वैकल्पिक मार्गहरू खुला भएका कारण यसलाई कार्यान्वयनमा लैजानुपर्ने धारणा राखे । उनले बीआरआईलाई चिनियाँ ऋणको पासोका रूपमा गलत ढंगले प्रस्तुत गरिएको भन्दै नेपालले चीनसँग भन्दा धेरै ऋण अन्य देशहरूबाट लिएको तर्क गरे ।
परराष्ट्रविद् श्रेष्ठले अन्य देशहरूसँग जस्तै चीनसँग पनि सहुलियतपूर्ण ऋण लिनु कुनै अस्वाभाविक नहुने बताए । उनले एसियाली विकास बैंकसँग जस्तै चीनसँग सहुलियतपूर्ण ऋण लिन सकिने कुरा उल्लेख गरे । बीआरआईबारे नकारात्मक दृष्टिकोण राख्नेहरूलाई ‘एमसीसी मानसिकता’ बोकेका मानिसको संज्ञा दिँदै उनले यसप्रकारको मानसिकताबाट मुक्त हुनुपर्नेमा जोड दिए ।
श्रेष्ठले बीआरआई चीनको मात्र परियोजना नभई विश्वका १५० देशहरूमा फैलिएको सामूहिक प्रयासमा आधारित साझा कार्यक्रम भएको बताउँदै नेपालले यसलाई अघि बढाउन आवश्यक रहेको बताए । उनले रसुवागढीबाट आउने प्रस्तावित रेललाई चिनियाँ परियोजना मात्रै नभई दक्षिण एसियाको प्रवेशद्वारका रूपमा चिनियाँ राष्ट्रपति सी जिनपिङको दृष्टिकोण रहेको उल्लेख गरे ।
श्रेष्ठले बीआरआई परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न नेपाल सरकार गम्भीरताका साथ लाग्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण