आतिशी नेतृत्वको दिल्ली सरकारद्वारा कामदारहरूको न्यूनतम पारिश्रमिक बढाउने निर्णय

नयाँ दिल्ली । दिल्ली सरकारले अकुशल, अर्ध–दक्ष र दक्ष कामदारहरूको न्यूनतम पारिश्रमिक क्रमशः १८ हजार ६६, १९ हजार नौ सय २९ र २१ हजार नौ सय १७ रुपैयाँ प्रतिमहिना बढाउने निर्णय गरेको छ । दिल्लीका मुख्यमन्त्री आतिशी र श्रममन्त्री मुकेश अहलावतले बुधबार पत्रकार सम्मेलन गरी पारिश्रमिक वृद्धिको सूचना दिएका हुन् ।
आतिशीले भनिन्, “पारिश्रमिक वृद्धिबारे सबैलाई जानकारी गराउन चाहन्छु । अरविन्द केजरीवालको सरकारले देशमा सबैभन्दा बढी न्यूनतम पारिश्रमिक दिएको छ । बीजेपीले सधैं गरिबहरूको विरुद्धमा काम गरेको छ ।’
उनले थप भनिन्– ‘जब सन् २०१६/२०१७ मा दिल्ली सरकारले न्यूनतम पारिश्रमिक बढाउने कुरा गर्यो, तब भाजपाले हामीलाई रोक्यो । अदालतबाट न्यूनतम पारिश्रमिक बढाउने आदेशको भाजपाले कडा विरोध गर्यो तर अरविन्द केजरीवालको सरकारले दिल्लीका आम जनताको पक्षमा निर्णय ल्यायो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनमा थप क्रियाशील भई काम गर्न गृहमन्त्री लेखकको निर्देशन
-
बागमती प्रदेशसभा : प्रतिफल योग्य आयोजना निर्माणमा जोड
-
यी तीन प्रदेशमा यस वर्ष बढी वर्षा हुने, कस्तो छ सरकारको पूर्वतयारी ?
-
नेसपा गंगानारायण श्रेष्ठ समूहका क–कसले पाए माओवादीमा जिम्मेवारी ? (सूचीसहित)
-
बन्द पक्षधर माइक्रोबस चालकद्वारा साझा यातायातलाई धम्की
-
सूचना टाँसेर ३ घण्टा सारियो प्रतिनिधिसभा बैठक