यातायात व्यवसायीद्वारा जडीबुटीमा तोडफोड
मङ्गलबार, २० जेठ २०८२, १९ : २५

काठमाडौँ । काठमाडौँको जडीबुटीमा यातायात हड्तालको अवज्ञा गरेको भन्दै व्यवसायीले तोडफोड गरेका छन् । मङ्गलबार अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री नेतृत्वको समूहले ओखलढुङ्गाबाट काठमाडौँ आएको सुमोमा तोडफोड गरेका हुन् ।
व्यवसायीको आक्रमणबाट ना.१ ज ६९७३ नम्बरको सुमोमा क्षति पुगेको छ । करिब १५० जनाको समूहमा भेला भएकाहरूले सुमोको सिसा फुटाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले रातोपाटीलाई बताए ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले दुई दिनबाट काठमाडौँ केन्द्रित यातायात हड्ताल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहाना हो : माधव नेपाल
-
लगातार तेस्रो दिन पनि घट्यो नेप्से, ७ अर्ब ९७ करोडको कारोबार
-
माधव नेपाल विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादी पार्टीले भन्यो - कानुनी लडाईं लड्छाैँ
-
राजनीतिक प्रतिवाद र कानुनी लडाइँ लड्छौँ : बेदुराम भुसाल
-
गाजाबाट दुई बन्धकहरूको शव बरामद गरेको इजरायली सेनाको दाबी
-
प्रहरी प्रशासनको दाबी : ‘आरसीबीले हाम्रो सुझाव नमान्दा दुःखद घटना भयो’