एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड !
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा 'म झोले हो' लेखिएको पोस्टर पोस्ट गरे।
- ओलीले सामूहिकतामा विश्वास राख्नेहरूलाई झोले भनेर लखेट्ने प्रवृत्ति र यसबाट बच्न आग्रह गरे।
- एमाले नेता कार्यकर्ताहरूले उक्त पोस्टरलाई व्यापक रूपमा शेयर गरेका छन्, जसले यो विषयलाई थप चर्चामा ल्याएको छ।
काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान सामाजिक सञ्जालमा ‘म झोले हो’ लेखिएको पोस्टर सामाजिक सञ्जालमा पोस्ट गरे ।
पोस्टर पोस्ट गर्दै प्रधानमन्त्री ओलीले ‘हिजोआज एउटालाई भगवान् बनाउनुपर्यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र सङ्गठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ’ भन्ने स्ट्याटस पनि लेखेका छन् ।
पोस्टरको तलतिर एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र भएको लेखिएको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका ओलीले सेयर गरेको उक्त पोस्टर अहिले एमाले नेता कार्यकर्ताहरूले धमाधम सेयर गरिरहेका छन् । एमाले महासचिव शङ्कर पोखरेलदेखि पोलिटब्युरो सदस्य खिमलाल भट्टराई हुँदै उक्त पोस्टर सुहाङ नेम्वाङसम्मले ‘सेयर ट्रेन्ड’ चलाइरहेका छन् ।
पुराना दलका नेता कार्यकर्तालाई राजावादी र रास्वपा लगायतका नेता कार्यकर्ताहरूले झोले संज्ञा दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण