बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड !

सोमबार, १९ जेठ २०८२, २१ : १७
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा 'म झोले हो' लेखिएको पोस्टर पोस्ट गरे।
  • ओलीले सामूहिकतामा विश्वास राख्नेहरूलाई झोले भनेर लखेट्ने प्रवृत्ति र यसबाट बच्न आग्रह गरे।
  • एमाले नेता कार्यकर्ताहरूले उक्त पोस्टरलाई व्यापक रूपमा शेयर गरेका छन्, जसले यो विषयलाई थप चर्चामा ल्याएको छ।

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान सामाजिक सञ्जालमा ‘म झोले हो’ लेखिएको पोस्टर सामाजिक सञ्जालमा पोस्ट गरे । 

पोस्टर पोस्ट गर्दै प्रधानमन्त्री ओलीले ‘हिजोआज एउटालाई भगवान् बनाउनुपर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र सङ्गठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ’ भन्ने स्ट्याटस पनि लेखेका छन् । 

पोस्टरको तलतिर एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र भएको लेखिएको छ । 

एमाले अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका ओलीले सेयर गरेको उक्त पोस्टर अहिले एमाले नेता कार्यकर्ताहरूले धमाधम सेयर गरिरहेका छन् । एमाले महासचिव शङ्कर पोखरेलदेखि पोलिटब्युरो सदस्य खिमलाल भट्टराई हुँदै उक्त पोस्टर सुहाङ नेम्वाङसम्मले ‘सेयर  ट्रेन्ड’ चलाइरहेका छन् । 

पुराना दलका नेता कार्यकर्तालाई राजावादी र रास्वपा लगायतका नेता कार्यकर्ताहरूले झोले संज्ञा दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप