यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
काठमाडौँ । यातायात व्यवसायीहरूले भोलि (बुधबार) देखि आन्दोलन थप सशक्त रूपबाट अघि बढाउने भएका छन् ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोलीदेखिको आन्दोलन थप सशक्त रूपबाट अघि बढाइने बताएको हो ।
'सङ्घीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोलीदेखिको आन्दोलन अझ सशक्त रुपबाट अगाडी बढाइने ब्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सबै पक्षमा अनुरोध गरिन्छ,' सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समिति अध्यक्ष विजय बहादुर स्वारद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
सङ्घीय सरकारसँग वार्ता र संवाद भइरहेको हुँदा आन्दोलन निरन्तर रहेकोले कुनै भ्रममा नपर्न आग्रह समेत गरिएको छ । यातायात व्यवसायीहरूले सोमबारदेखि सार्वजनिक सवारी साधन घर, ग्यारेजमा थन्काएर गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङको विरोध गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट
-
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा संस्कृतिकर्मी श्रेष्ठ नियुक्त
-
मौलापुरमा विद्युत्–पानीको शुल्क सुविधा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
-
मोटरसाइकल दुर्घटना, पाँच जना घाइते
-
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण