बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

उच्च बार पोखरामा राजनीतिक सहमति, अध्यक्षमा डीएलएको एकल उम्मेदवारी

मङ्गलबार, २० जेठ २०८२, १८ : २५
मङ्गलबार, २० जेठ २०८२

पोखरा । राजनीतिक सङ्घ सङ्गठनको सहमतिमा उच्च अदालत बार एसोसिएसनमा नयाँ समिति चयन हुने भएको छ । चार सङ्गठनको सहमतिमा नेतृत्वसहित सबै पदाधिकारी र सदस्य चयन हुन लागेको हो । 

सहमतिअनुसार अध्यक्षमा नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का शालिग्राम भट्टराईले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा यामबहादुर खत्री र सचिवमा प्रकाश शर्माको उम्मेदवारी परेको छ । 

यसैगरी सहसचिवमा ईश्वरी पौडेल र कोषाधध्यमा सुजाता ढकालको उम्मेदवारी परेको छ । अध्यक्षसहित सचिव र कोषाध्यक्ष डीएलएको भागमा परेको छ भने उपाध्यक्ष र सहसचिव एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन (पीपीएलए) को भागमा परेको छ । 

सदस्यमा डीएलएका ४, नेकपा माओवादी केन्द्रनिकट क्रान्तिकारी कानुन व्यवसायी सङ्गठन (आरपीएलए) २, पीपीएलएका १ र समाजवादी कानुन व्यवसायी सङ्गठन (एसपीएलए) को भागमा १ जना भाग लगाइएको छ । 

एसपीएलए नेकपा एकीकृत समाजवादीनिकट संस्था हो । उच्च अदालत बारमा ४ सय ५६ जना मतदाता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप