कलाकारलाई बढी पारिश्रमिक दिएको आरोपको करण जोहरले गरे खण्डन
नयाँ दिल्ली । बलिउडमा चलचित्रका मुख्य कलाकारहरूको पारिश्रमिक बढेको विषयबारे केही समयदेखि गर्मागर्मी चलिरहेको छ । यसैबिच, फिल्म निर्माता जोया अख्तरले करण जोहरलाई कलाकारको पारिश्रमिक घटाउन सल्लाह दिएकी छिन् ।
यसबारे करणले टिप्पणी दिँदै फिल्म हिट हुने ग्यारेन्टी नभएसम्म आफूले कुनै पनि कलाकारलाई चर्को पारिश्रमिक नदिने बताएका छन् । हलिउड रिपोर्ट मिडियाको राउन्ड टेबलमा छलफलका क्रममा करण जोहर, जोया अख्तर लगायत धेरै फिल्म निर्माताहरूले कलाकारहरूको बढेको शुल्कको बारेमा छलफल गरेका थिए ।
यस क्रममा जोया अख्तरले करण जोहरलाई स्टारहरूलाई ठुलो रकम दिन बन्द गर्नुपर्ने भनेकी थिइन् । यसमा करण जोहरले भनेका थिए, ‘म अब त्यति शुल्क दिँदिन । अब म कान समात्छु । अब म उनीहरूलाई सोध्छु कि तिम्रो पछिल्ला केहि फिल्महरू कुन थिए । फिल्मले कत्तिको ओपन गर्याे ? कुन हकले मसँग तिमी यति धेरै पारिश्रमिक माग्दैछौं ?’
करणले हालै किल नामक सस्तो बजेटको फिल्म बनाएका थिए । आफूले फिल्म स्टारहरूलाई यो फिल्ममा काम गर्न भन्दा फिल्मको बजेट जत्तिकै पैसा मागेको पनि उनले सुनाए । यो सुनेर उनले ‘फिल्मको बजेट नै ४० करोड छ, तिमी मसँग ४० करोड माग्छौ । फिल्मले १२० करोड कमाउने ग्यारेन्टी के छ ?’ भन्ने जवाफ दिए ।
त्यसपछि अन्ततः उनले नयाँ अनुहार लिएर फिल्म बनाए । करण जोहरमाथि विगत केही वर्षदेखि बलिउडमा नातावाद र कृपावादको आरोप लाग्दै आएको छ । किलमा नयाँ अनुहार लिँदा कसैले पनि तारिफ नगरेको पनि उनले बताए । कंगना रनौतले करणमाथि बारम्बार आफ्ना फिल्ममा स्टारकिड्स मात्रै लिने गरेको आरोप लगाउँदै आएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
-
संविधान संशोधन बहस कार्यदलले पूर्वप्रधानमन्त्री भट्टराईसँग गर्यो छलफल
-
सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण