सर्लाही घटना : पत्नी र बुवालाई गोली हान्ने युवक भारत भागेको आशंका
काठमाडौँ । सर्लाहीको हरिपूर्व गाउँपालिका वडा नम्बर–५ मा आफ्नी पत्नी र बुवालाई गोली हानेर भागेका युवक पक्राउ परेका छैनन् । गएराति साढे १ बजेतिर २७ वर्षीय धिरेन्द्र यादवले गोली हानेर पत्नी चित्रलेखा यादवको हत्या गरेका हुन् ।
उनले प्रहार गरेको गोली लागेर बुवा ५४ वर्षीय रामदिनेश राय यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार हुँदै छ ।
गोली प्रहारमा संलग्न युवक भारततर्फ भागेको आकलन गरिएको छ । सर्लाहीका एसपी रविन्द्र सिंहले आरोपीको खोजी भइरहेको बताए । उनले भने, ‘भारतीय प्रहरीसँग पनि समन्वय गरेर हत्यामा संलग्नलाई खोज्दै छौँ ।’
वैदेशिक रोजगारीबाट एक महिनाअघि फर्केका धिरेन्द्र दुईदिन घरमा बसेपछि परिवारसँग झगडा गरेर हिँडेका थिए । योजनाबद्ध रूपमा गएराति आएर पत्नी र बुवालाई गोली हानेर उनी भागेका हुन् । एसपी सिंह भन्छन्, ‘योजनाबद्ध गोली प्रहार गरेको देखिन्छ ।’ पारिवारिक कलहका कारण हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण