सर्लाही घटना : पत्नी र बुवालाई गोली हान्ने युवक भारत भागेको आशंका

काठमाडौँ । सर्लाहीको हरिपूर्व गाउँपालिका वडा नम्बर–५ मा आफ्नी पत्नी र बुवालाई गोली हानेर भागेका युवक पक्राउ परेका छैनन् । गएराति साढे १ बजेतिर २७ वर्षीय धिरेन्द्र यादवले गोली हानेर पत्नी चित्रलेखा यादवको हत्या गरेका हुन् ।
उनले प्रहार गरेको गोली लागेर बुवा ५४ वर्षीय रामदिनेश राय यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार हुँदै छ ।
गोली प्रहारमा संलग्न युवक भारततर्फ भागेको आकलन गरिएको छ । सर्लाहीका एसपी रविन्द्र सिंहले आरोपीको खोजी भइरहेको बताए । उनले भने, ‘भारतीय प्रहरीसँग पनि समन्वय गरेर हत्यामा संलग्नलाई खोज्दै छौँ ।’
वैदेशिक रोजगारीबाट एक महिनाअघि फर्केका धिरेन्द्र दुईदिन घरमा बसेपछि परिवारसँग झगडा गरेर हिँडेका थिए । योजनाबद्ध रूपमा गएराति आएर पत्नी र बुवालाई गोली हानेर उनी भागेका हुन् । एसपी सिंह भन्छन्, ‘योजनाबद्ध गोली प्रहार गरेको देखिन्छ ।’ पारिवारिक कलहका कारण हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी नवलपरासीको विनयी खोलामा फसेका २७ जनाको उद्धार, खोलाले बगायो बस
-
हिज्बुल्लाहले भन्यो– इजरायल र अमेरिका विरुद्धको लडाईंमा इरानको साथमा छौँ
-
जेलेन्स्कीसँगको सम्झौतामा पुटिनलाई शंका
-
मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग
-
शिव परियारको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?