नजिकिएका चाडपर्वबारे सरकारलाई एमालेले ध्यानाकर्षण गराउने
शुक्रबार, ११ असोज २०८१, ११ : ०३

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।
शुक्रबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडपर्व जनताले धूमधामसँग मनाउने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउन लागेको हो ।
विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले कार्यबहाक प्रधानमन्त्री सिंहलाई शुक्रबार दिउँसो भेटेर सडक, यातायात, सुरक्षालगायतका विषय भरपर्दो बनाउन सरकारको ध्यानाकर्षण गर्न लागिएको जानकारी दिए ।
साथै उनले चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरू (अत्यधिक मदिरा सेवन, जुवा तास, पटाका, आतिसवाजी) रोक्न स्थानीय प्रशासनहरूको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई अनुरोध गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधान महाधिवेशन नै नभई नेतृत्वबारे अनावश्यक अनुमान नगर्न पौडेलको निर्देशन
-
अस्थिर राजनीतिले नेपालमा पनि बंगलादेशको जस्तै जनआक्रोश निम्त्याउन सक्छ ?
-
‘धोका दियौ तिमीले’ गीतमा केकीको अभिनय
-
इजरायल–इरान युद्धको विरोधमा काठमाडौँस्थित दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
जनार्दन शर्मालाई प्रश्न– आगामी महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा गर्नुहुन्छ ?
-
‘शुभ विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप