नजिकिएका चाडपर्वबारे सरकारलाई एमालेले ध्यानाकर्षण गराउने
शुक्रबार, ११ असोज २०८१, ११ : ०३
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।
शुक्रबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडपर्व जनताले धूमधामसँग मनाउने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउन लागेको हो ।
विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले कार्यबहाक प्रधानमन्त्री सिंहलाई शुक्रबार दिउँसो भेटेर सडक, यातायात, सुरक्षालगायतका विषय भरपर्दो बनाउन सरकारको ध्यानाकर्षण गर्न लागिएको जानकारी दिए ।
साथै उनले चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरू (अत्यधिक मदिरा सेवन, जुवा तास, पटाका, आतिसवाजी) रोक्न स्थानीय प्रशासनहरूको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई अनुरोध गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण