तोलामा ५०० रुपैयाँ बढ्यो सुनको मूल्य, किन बढिरहेको छ ?
शुक्रबार, ११ असोज २०८१, १२ : २८
काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । बिहीबार १ लाख ६० हजार ७०० मा कारोबार भएको सुनको मूल्य शुक्रबार १ लाख ६१ हजार २०० तोकिएको छ । यो हालसम्मकै उच्च मूल्य हो । पछिल्लो समय सुनको मूल्यमा हरेक दिन रेकर्ड कायम हुन थालेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य सुनको मूल्य घटबढ हुनुमा आन्तरिक बजारको कुनै भूमिका हुँदैन । उनले भने, ‘यतिबेला अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएको छ । यसले गर्दा लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन् ।’ यसका साथै रसिया–युक्रेन, इजरायल–प्यालेस्टिन लगायत मुलुकको तनाबले पनि सुनको मूल्यमा प्रभाव पारेको छ ।
शुक्रबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज पनि बिहीबारकै मूल्य प्रतितोला १ हजार ९५५ मा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण