न्याय परिषद् बैठक
उच्च अदालतका १४ न्यायाधीशको सरुवा
शुक्रबार, ११ असोज २०८१, १५ : ०६

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका १४ न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले १४ जना न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
परिषद्ले सर्वोच्च अदालतमा रिक्त ४ न्यायाधीश मध्ये २ जनाको नाममात्र सिफारिस गरेको छ भने २ पद रिक्त नै राखेको छ । त्यस्तै निकट भविष्यमै थप २ पद पनि रिक्त रहने छ । परिषद्को बैठकमा ६ रिक्त पदमै सिफारिसका लागि छलफल भएपछि दुई जनाको नाममा मात्र सहमति भएको हो ।
नियुक्ति हुनेमा उच्च अदालत पाटनका मुख्य रजिस्ट्रार नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे रहेका छन् । परिषद्ले यसअघि पनि उच्च अदालतका न्यायाधीशको सरुवा गरेको थियो । शुक्रबार परिषद्ले उच्च अदालतमा भने सिफारिस गर्न सकेन । उच्च अदालतमा हाल १६ न्यायाधीश रिक्त रहेका छन् ।
यी हुन सरुवा भएका न्यायाधीश
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?
-
बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ
-
भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट
-
कर्णालीले ७९ स्थानीय तहलाई दियो ४ अर्ब ५९ करोड, कुन पालिकालाई कति ?
-
नेपाली सूचीकृत कम्पनीमा अन्तर्राष्ट्रिय दिगोपना मापदण्ड भित्र्याउन नेप्सेको पहल