न्याय परिषद् बैठक
उच्च अदालतका १४ न्यायाधीशको सरुवा
शुक्रबार, ११ असोज २०८१, १५ : ०६
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका १४ न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले १४ जना न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
परिषद्ले सर्वोच्च अदालतमा रिक्त ४ न्यायाधीश मध्ये २ जनाको नाममात्र सिफारिस गरेको छ भने २ पद रिक्त नै राखेको छ । त्यस्तै निकट भविष्यमै थप २ पद पनि रिक्त रहने छ । परिषद्को बैठकमा ६ रिक्त पदमै सिफारिसका लागि छलफल भएपछि दुई जनाको नाममा मात्र सहमति भएको हो ।
नियुक्ति हुनेमा उच्च अदालत पाटनका मुख्य रजिस्ट्रार नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे रहेका छन् । परिषद्ले यसअघि पनि उच्च अदालतका न्यायाधीशको सरुवा गरेको थियो । शुक्रबार परिषद्ले उच्च अदालतमा भने सिफारिस गर्न सकेन । उच्च अदालतमा हाल १६ न्यायाधीश रिक्त रहेका छन् ।
यी हुन सरुवा भएका न्यायाधीश



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण