तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा
दाङ । तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ । बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा सो ताल ओझेलमा परेको हो ।
वरिपरि ताल र बिचमा मन्दिर निर्माण गरिएको छ । जहाँ कुनै समय सातवटा ताल थिए । तर अहिले ती सबै ताललाई एउटै बनाइएको छ । करिब आठ बिघा क्षेत्रमा फैलिएका उक्त तालको अवलोकन गर्न आउनेको अवस्था भने न्यून रहेको स्थानीयवासी रमेश बुढाथोकीले बताए । “यही बाटो हुँदै हिँड्नेहरू केही तस्बिर खिच्ने अड्कन्छिन्”, उनले भने, “तर अवलोकन नै गर्ने भनेर आउनेहरू विरलै हुन्छन् ।”
दाङमा नै सबैभन्दा ठुलो क्षेत्रमा फैलिएको उक्त ताललाई प्रचारप्रसार गर्न आवश्यक रहेको उनको भनाइ छ । तुलसीपुर बजारबाट नजिकै रहेको र सडक सञ्जालको पनि सहज पहुँच भएकाले पर्यटनको आकर्षणको मुख्य केन्द्र बन्न सक्ने उनले बताए । “विकट क्षेत्रका स–साना ताल पनि पर्यटनको केन्द्र बनेका छन्”, उनले भने, “बजार क्षेत्रमा रहेको यति ठुलो ताल ओझेलमा परेको छ ।”
तालको बिचमा करिब एक करोडको लागतमा शिवमन्दिर निर्माण गरिएको छ । तुलसीपुर–१० गौरीगाउँका चारटोलको बिचमा पर्ने उक्त तालको मन्दिरमा पाँचवटा मूर्ति राखिएको छ । शिव, गणेश, सूर्य, देवी, विष्णु गरी पाँचवटा मूर्ति राखिएको छ । साथै मन्दिरमा पुग्न करिब ४५ मिटरको पुल पनि निर्माण भएको छ ।
वर्षायाममा परेको पानी पोखरीमा जम्मा हुने र त्यो पानी वर्षैभरि रहिरहने गर्छ । तालमा माछापालन पनि गर्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ-कहाँ हुनेछ वर्षा ?
-
इराकविरुद्ध फ्रान्सको गोल वर्षा
-
मंगलबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण