मण्डला थिएटरमा नियमित ‘अगम’
सोमबार, १४ असोज २०८१, १९ : १४
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा अहिले नाटक ‘अगम’ मञ्चन भइरहेको छ । सन्तान प्राप्तिका लागि एक दम्पतीले गरेको संघर्षको कथामा रहेको नाटक महिलाकै कोणबाट प्रस्तुत गरिएको छ । नाटकको लेकन तथा निर्देशक प्रितिशा अधिकारीले गरेकी हुन् ।
गत ११ गतेदेखि सुरु भएको नाटक १७ गतेसम्म नियमित मञ्चन हुनेछ । नाटकले दर्शकलाई एउटा आदिम समाजमा लैजान्छ, जहाँ महिलाको मूल्यमान्यता र बच्चा जन्माउने क्षमतालाई गहिरो रूपले देखाउन खोजेको छ ।
एउटी महिला आमा बन्न नसकेपछि परिवार र समाजको दबाब कुन स्तरको हुन्छ र महिलाको मानसिक अवस्था कस्तो हुन्छ भन्ने कुरालाई नाटकले गहिरिएर देखाउन खोजेको छ ।
सुस्मा निरौला, उमेश सुनाम, दीपेश काफ्ले, सोनिका शाही ठकुरी, स्वर्णिम चाम्लिङ, सनम श्रेष्ठ, सुस्मा लामा, रोशन, बसु बराल लगायतको अभिनय नाटकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण