मोरङमा तीन जना मृत फेला
सोमबार, १४ असोज २०८१, १९ : २०
काठमाडौँ । मोरङ जिल्लामा ३ जनासहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।
- मोरङ, ग्रामथान गाउँपालिका-६ भर्चोल बस्ने ३५ वर्षीय सत्य नारायण भगत सोही ठाउँस्थित पैनीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी मोरङ, विराटनगर महानगरपालिका-८ हाटखोलास्थित संघिया खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
- यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका-४ खोरीयास्थित डाँस खोलामा पथरीशनिश्चरे नगरपालिका-८ मंगलबारे बस्ने ७५ वर्षीय लाख बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- सर्लाही, बलरा नगरपालिका-३ लक्ष्मीपुर बस्ने महावीर ठाकुरको छोरा १२ वर्षीय अंकित ठाकुर सोही ठाउँस्थित जमेको पानीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- गुल्मी, कालिगण्डकी गाउँपालिका-१ हर्मिचौर बस्ने २६ वर्षीय लिल हादुर सुस्लिङ मगर सोही ठाउँस्थित दिहिङखोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौं महानगरपालिका-९ तिलगंगा नजिक बाग्मती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- चितवन, भरतपुर महानगरपालिका-१ देवघाटस्थित रामकुटी अगाडिको चौतारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण